महालक्ष्मी बिकास बैंकद्वारा शैक्षिक तथा सरसफाइका सामान वितरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 28, 2018 | 11:35:28 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैकले बिभिन्न शाखा कार्यालय मार्फत संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिएको छ। यहि क्रममा बैकको चन्द्रौटा शाखा कार्यालयले खुरखुरीया कपिलवस्तु स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक तथा सरसफाइका सामान वितरण गरेको छ।  

बैंकले कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत कुल १५० विद्यार्थीहरुलाई सरसफाइसम्बन्धि र कक्षा १ देखि कक्षा ५ मा अध्ययनरत कुल ६५ जना विद्यार्थीहरुलाई स्कुल ब्याग, स्कुल पोसाक वितरण गरेको छ। त्यस्तै बैंकले सम्बन्धित बिद्यालयका प्रत्येक कक्षाबाट आर्थिक स्तिथि कम्जोर भएका १० बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।    

यसैगरि बैंकले थापाथली स्थित शाखा कार्यालयले दृष्टिविहीन व्यक्तिहरुको पुनस्र्थापन तथा सशक्तिकरण गर्ने उद्देश्यले स्थापना गरिएको नेपाल दृष्टिविहीन कल्याण संघद्वारा पुनस्र्थापना तथा सशक्तिकरण  सेवा पाइरहेका दृष्टिविहीन विद्यार्थीहरुलाई ब्रेल पेपर, टाइपोस्कोप तथा रिडिङ्ग प्याड प्रदान गरेको छ। 

शिक्षा नै सशक्तिकरणको मूल आधार भन्ने कुरालाई मध्यनजर गर्दै ती बालबालिकाहरुको पठन पाठनमा सहयोग स्वरुप उल्लिखित शैक्षिक सामाग्रीहरु वितरण गरेको बैंकले जनाएको छ। 

                                           



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved