बीमा समितिका अध्यक्षलाई सांसदको हप्काई !

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 29, 2018 | 10:52:34 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभाको अर्थ समितिले बुधबार मङ्सिर १२ गते नयाँ बीमा ऐनको बिषयमा जानकारी लिन बैठक डाक्यो। १ बजेलाई निर्धारण गरिएको उक्त बैठकमा सहभागी हुन बीमा समितिका अध्यक्ष चिरिन्जीबी चापागाई समय अगाबै समितिको बैठक कक्ष पुगे। 

करिब आधा घण्टा ढिलागरी सुरु भएको बैठकमा समितिका सभापति कृष्ण प्रसाद दाहाल तथा सांसदहरुले बीमा समितिका अध्यक्ष चापागाई र समितिका अधिकारिलाई बैठक कक्ष प्रवेश गर्न रोक लगाए। आफुहरुले नयाँ बीमा ऐनको बिषयमा जानकारी लिन अर्थमन्त्रालयका अधिकारिहरुलाई मात्र डाकेको भन्दै सांसदहरुले अध्यक्ष चापागाईलाई 'तपाईलाई कसले डाकेको, तपाई बाहिर जानुहोस' भन्दै हप्काए। 

बैठकको निर्धारण समयअघि नै पुगेका अध्यक्ष चापागाईलाई सांसदको हप्काईले कस्तो महसुस भयो होला त्यो उनले बुझ्ने कुरा भयो। तर त्यहाँ देखिएको दृश्यले अध्यक्ष चापागाई 'निरिह' देखिए। उनले बैठक कक्ष बाहिर पत्रकारहरुसंगको कुराकानीमा आफु नयाँ बीमा ऐनको बिषयमा जानकारी दिन आएको बताएका थिए। 

अध्यक्ष चापागाईको कुराकानीका अनुसार उनि अर्थमन्त्रालयको निर्देशनमा बैठकमा सहभागी हुन पुगेको देखिन्थ्यो। तर त्यहाँ अर्थमन्त्रलाय र उनीबीच पर्याप्त सम्बाद नभएको पाइएको छ। बैठक कक्षमा सहभागी नै नभई अध्यक्ष चापागाई त्यहाँबाट फर्किए। अहिलेकै अवस्थामा नयाँ बीमा ऐन पारित भएको अवस्थामा समितिका अध्यक्ष चापागाई स्वत: पदमुक्त हुनेछन।  

करिब ४० मिनेट ढिलो पुगेका अर्थमन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले समितिलाई नयाँ बीमा ऐनको बिषयमा जानकारी दिए। बैठकमा ढुंगानाले  यो प्राविधिक बिषय भएकाले समितिका सदस्यहरुलाई आफुहरुले पावर पोइन्ट मार्फत नयाँ बीमा ऐनको बिषयमा एक-एक जानकारी दिने जानकारी गराए।   

सचिव ढुगांनाले विद्येयकमा गरिएका व्यवस्थाको बिषयमा व्याख्या गरेपछि अर्थ समितिका सभापति सभापति कृष्ण प्रसाद दाहालले छलफल खुल्ला गरेका थिए । समितिले आगामी बैठकमा सरोकारवाला निकाय बीमा समिति, बीमा कम्पनी र सर्भेयर बीच छलफल गर्ने निर्णय गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved