लगानी भित्र्याउन नयाँ पहल: नेपालका बैंकलाई विदेशी लगानीकर्ताको एजेन्ट बन्ने बाटो खुला

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 30, 2018 | 10:05:01 AM मा प्रकाशित

laxmi  sunrise bank

केहि साताअघि अर्थमन्त्री ड़ा युबराज खतिवडाको प्रमुख आतिथ्यमा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा दक्षिण एशियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविग साफेरले नेपालले बिदेशी लगानीकर्तालाई आउनुहोस भन्दैमा लगानी नभित्रिने बताएका थिए। बिदेशी लगानी आकर्षित गर्न नेपालले नीतिगत कुराहरुमा सुधार गर्नुपर्ने उनको सुझाब थियो।   

महिनादिन नबित्दै सरकारले बिदेशी लगानी आकर्षित गर्नका लागि बिल्कुलै फरक व्यवस्था गरेको छ। नेपाल राष्ट्र बैकले यसअघिको व्यवस्था संसोधन गर्दै नेपालका बाणिज्य बैंकहरुलाई विदेशी लगानीकर्ताको एजेन्टका रूपमा काम गर्न पाउने बाटो खुला गरेको छ। 

संसोधित व्यवस्था अनुसार अब नेपालका बाणिज्य बैंकहरुले विदेशी लगानीकर्ताले नेपाल भित्र्याएको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) व्यवस्थापन, संरक्षण र कारोबार गर्न पाउनेछन। बिदेशी लगानीकर्ताको डुबेका ऋणीहरुको धितो लिलामी सम्मका प्रकृया पुरा गर्ने गरी समग्र ऋण ब्यवस्थापन गर्न सक्ने छन्। बैंकहरुले यस्तो सेवा प्रदान गर्नका लागि राष्ट्र बैंकले तोकेको बिभिन्न मापदण्ड भने पुरा गर्नुपर्नेछ।  

यसअघि वाणिज्य बैंकलाई विदेशी लगानीकर्तालाई लगानीसम्बन्धी एजेन्सी सेवा दिन सुविधा थिएन। जसकारण विदेशी लगानीकर्ताहरुले नेपालका विभिन्न उद्योग र परियोजनाहरुमा ऋण लगानी गर्दा त्यस्तो ऋणको साँवा ब्याज असुली तथा डुबेमा समस्या भोग्नु पर्थ्यो।  

नयाँ व्यवस्था अनुसार नेपालमा लगानी गर्ने विदेशी लगानीकर्तालाई अनावश्यक झन्झट व्यहोर्नु नपर्ने र लगानी व्यवस्थापन तथा भुक्तानीसम्बन्धी काम गर्न सजिलो हुने राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए । 

चालू आर्थिक बर्षको सुरुदेखि नै प्रत्यक्ष बिदेशी लगानी घट्दो दरमा छ। चालू आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज) मा १ अर्ब ५४ करोड रुपैया“ मात्र प्रत्यक्ष बिदेशी लगानी नेपाल  भित्रिएको छ । गत वर्षको यस अवधिसँगको तुलनामा यो झन्डै ७५ प्रतिशतले कम हो। गत आर्थिक बर्षको पहिलो दुई महिनामा नै ६ अर्ब ६ करोड रुपैयाँ प्रयक्ष बिदेशी लगानी भित्रिएको थियो। 



 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved