एनएमबि बैंक बर्ष २०१८ को उत्कृष्ट नेपाली बैंक घोषित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 30, 2018 | 09:44:41 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले यस बर्षपनि पुन: 'बैंक अफ दि इयर' को उपाधि प्राप्त गरेको छ। बेलायतस्थित द फाइनान्सियल टाइम्सले वर्ष २०१८ का लागि  बैंकलाई लगातार दोश्रो पटक ‘बैंक अफ दि इयर’को उपाधिबाट सम्मान गरेको हो । 

'संस्थागत सुशासनलाई प्राथमिकतामा राख्ने हाम्रो प्रतिबद्धता अनुरुप दिगो एवम् मूल्य मान्यतामा आधारित बैंकिंग सेवा प्रदान गर्न सफल भएका कारण हामी लगातार दोश्रो वर्ष पनि नेपालकै उत्कृष्ट बैंक भई ‘बैंक अफ दि इयर’बाट सम्मानित भएका हौ’ बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले आफ्ना कर्मचारीलाई पठाएको संदेशमा उल्लेख छ।   

सीईओ केसीले यो अवसरमा आगामी दिनमा मूल्य मान्यतामा आधारित दिगो बैंकिङ सेवा प्रदान गर्ने कार्ययोजना अनुसार अगाडि बढ्ने र भविष्यमा अझ धेरै सम्मानहरु हासिल गरी सरोकारवालाहरुलाई समेत उच्च प्रतिफल दिने घोषणा गरेका छन । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved