एनआइसी एसियाको कार्ड घोटेर किनमेल गर्दा ५००० फिर्ता !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 30, 2018 | 11:45:15 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले पीओएस मेसिनमा भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्नेलाई 'नगद फिर्ता' योजना शुरु गरेको छ। बैंकले ल्याएको यो योजना दुई महिनासम्मको लागि हुने बैंकले जनाएको छ। 

यस अवधिमा बैंकको भिषा डेबिट वा क्रेडिट कार्डका ग्राहकले पीओएस मेसिन मार्फत कुनै किसिमको सामान वा सेवा खरिद गर्दा पहिलो पाँचवटा कारोबारमा प्रत्येक महिना बिभिन्न दरमा नगद फिर्ता पाउनेछन।

बैंकले ल्याएको यस योजनामा ग्राहकले बढीमा कारोबार रकमको १० प्रतिशत वा बढीमा ५०० रुपैयाँ सम्म पाउनेछन। तर एक महिनामा ५ सफल कारोबारमा मात्र नगद फिर्ता दिइने भएकाले पीओएस मेसीनबाट कार्ड घोटेर किनमेल गर्नेले महिनामा बढीमा २५०० रुपैयाँसम्म फिर्ता पाउनेछन। यो अफर दुई महिनालाई मात्र संचालन हुने भएकाले ग्राहकले बढीमा ५००० रुपैयाँसम्म नगद फिर्ता पाउनेछन।

यस योजनाबाट बैंकका ४ लाख ५० हजार भन्दा बढी भिषा डेबिट वा क्रेडिट कार्ड ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ। बैंकले २६८ शाखा कार्यालयहरु, २८० एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved