सिभिल बैंक र आइएमई डिजिटल सोलुसन्सबीच सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 03, 2018 | 08:15:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले आफ्ना ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने क्रममा आईएमई डिजिटल सोलुसन्ससंग सम्झौता गरेको छ। यस सम्बन्धि सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र सोलुसनका तर्फबाट प्रमुख परिचालन अधिकृत ड्यानियल डि. श्रेष्ठले हस्ताक्षर गरे। 

सम्झौता अनुसार सिभिल बैंकका ग्राहकले आइएमई पे मार्फत सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न, मोबाइल टपअप गर्न, विद्युत प्राधिकरण÷ल्यान्डलाइन÷एडीयसयल÷डिसहोमको बील भुक्तानी गर्न, आवद्ध संस्थाहरुको सेवा तथा बस्तु खरिद गर्नुका साथै सिनेमा हल र हवाई टिकट समेत खरिद गर्न सक्नेछन। 

बैंकले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा एनआरएफएस अनुसार १८ करोड ५० लाख रुपैयाँ बितरणयोग्य मुनाफा आर्जन गरेको छ। जुन गत बर्षको यसअवधिसँगको तुलनामामा करिब ६४ प्रतिशतले बढी हो। बैंकले हाल आफ्ना ७० शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved