ज्योति विकास बैंकले एकै दिन थप्यो ४ नयाँ शाखा, थप १० शाखा खोल्ने तयारि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 03, 2018 | 11:06:03 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकले एकै पटक चार नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ। बैंकले रुपन्देहीको भैरहवा, पडसरी र अमवामा तथा कपिलवस्तुको जीतपुरमा नयाँ शाखा संचालनमा ल्याएको हो। 

भैरहवा शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर भैरहवाका का.मु. निर्देशक ऋषिराम बराल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरे।   

त्यस्तै ओमसतिया गाउँपालिका वडा नम्बर १ को शाखाको उद्घाटन गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुल तथा बैंकका सञ्चालक ध्रुव कोइरालाले गरे। साथै ओमसतिया गाउँपालिका वडा नं १, पडसरी शाखाको उद्घाटन गाउँपालिका अध्यक्ष हिरा केवट राहुल तथा बैंकका सञ्चालक  ध्रुव कोइरालाले गरे। 

त्यसैगरि सियारी गाउँपालिका वडा नं ७, अमवामा शाखा गाउँपालिका अध्यक्ष अयोध्या थारुज्यु तथा बैंकका संचालक जगदीश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे।     

त्यसैगरि बैंकले वाणगङ्गा नगरपालिका वडा नं ४ जीतपुर, कपिलवस्तुमा पनि आजैकै दिनबाट नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नगरपालिकाका मेयर मंगल प्रसाद थारु तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरे। 

यससंगै बैंकको शाखा संख्या ८० पुगेको छ। बैंकले हाल ८० वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले यसै आर्थिक बर्षभित्र थप १० वटा शाखा तथा २७ स्थानमा एटिएम संचालनमा ल्याउने जनाएको छ। यस अवधिमा बैंकले २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १८ अर्वभन्दा बढि कर्जा लगानी गरेको छ। 

यस अवधिमा बैंकको चुक्ता पुंजी २ अर्ब ५९ करोड रहेको छ। हाम्रो विकास बैंकलाई प्राप्त गरि एकीकृत कारोबारको अन्तिम तयारिमा रहेको बैंकको चुक्ता पुंजी एकीकृत पश्चात ३ अर्ब १० करोड पुग्नेछ।   




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved