घटेको सेयरको भाउ र बढेको बैंकको ब्याजबीच तालमेल खोज्न उच्चस्तरीय समिति गठन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 06, 2018 | 11:48:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सेयरबजार घटेको र ब्याजदर बढेको बिषयबारे अध्ययन गर्नका लागि उच्चस्तरीय समिति बनाएको छ। घट्दो सेयरबजार र बढ्दो ब्याजदरबीचको तालमेलबारे अध्ययन गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको जनाइएको छ। 

अर्थमन्त्रीले सेयरबजार घट्नु र ब्याजदर बढ्नुबीचको तालमेलबारे अध्ययन गर्न समिति गठन गरिएकोबारे जानकारी दिए। 'आज मैले दुइवटा समाचार पढे, एउटा समाचार सेयरको भाउ घट्यो भनेर, अर्को बैंकको ब्याज बढ्यो भनेर' अर्थमन्त्री खतिवडाले भने, 'यसको बीचमा के तालमेल छ त्यसको अध्ययन गरेर सात दिन भित्र प्रतिबेदन पेश गर्नेगरि समिति गठन गरेको छु।'

अर्थमन्त्री खतिवडाका अनुसार राष्ट्र बैंकका डिपुटी गभर्नर श्रेष्ठको संयोजकत्वमामा गठित समितिको सदस्यमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, बिभिन्न लगानीकर्ता संघका प्रतिनिधी र मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन सहसचिव सम्मिलित छन्। 

समितिले पेश गरेको सुझावको आधारमा आगामी योजना बनाई अगाडी बढ्ने मन्त्री खतिवडाको भनाई छ। समितिले बैंकहरुले अन्धाधुन्ध ब्याज बढाएको र सेयरबजार घटेकोबारे अध्ययन गरेर त्यसको समस्या समधानका लागि सात दिनभित्र सुझाबहरु पेश गर्नुपर्ने छ। 

सेयरबजार निरन्तर ओरालो लाग्दा अर्थमन्त्रीले केहि सम्बोधन नगरेको र त्यसमापनि बाणिज्य बैंकहरुले अन्धाधुन्ध ब्याज बढाएकाले सेयरबजार ध्वस्त हुने भन्दै लगानीकर्ताको एक समुहले अर्थमन्त्रीको राजिनामा माग गर्दै आन्दोलन थालेको थियो। 

अर्थमन्त्रालयले स्थानीय निकायको पैसा बैंकहरुलाई चलाउन दिएको भोलीपल्टै बाणिज्य बैंकहरुले मनपरी ब्याज बढाएकोप्रति असन्तुष्ट रहेका अर्थमन्त्री खतिवडाले लगानीकर्ताको आन्दोलनको दबाबले समिति गठन गरिएको हो। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved