'बैंकमा पैसाको समस्या: चियाको कपमा आउने तुफान हो, भुँइचालो भनेर नतर्सिनुहोस': अर्थमन्त्री खतिवडा (भिडियो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 07, 2018 | 12:52:58 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकर संघ स्थापना भएको ३२ बर्ष भैसकेको रहेछ, तर कहिलेकाहीं युवा जोश देखाउनुहुन्छ, त्यसको लागि साथीहरुलाई बधाई पनि छ। कहिलेकाहीं युवा जोश नदेखाउनुहोस भन्ने अवस्थापनि आउँदो रहेछ। 

हिजो आज बजार अलि तातेको छ जस्तो मलाई पनि लागेको छ। मौसम चिसो हुने तर वित्त बजार अलि अलि तात्ने, हिटर तताएर तताइएको हो कि प्राकृतिक तातो हो नेपाल राष्ट्र बैंकले खोजी गर्नुपर्ने बेला आएको छ। अहिले मैले २-३ वटा कुराहरु देखेको छु। त्यसबारे कुरा गर्नका लागि यो फोरम उपयुक्त पनि छ।  

आज मैले दुईवाट समाचार पढे। एउटा सेयरको भाउ घटेको र अर्को बैंकको ब्याज बढेको। यसको बीचमा के तालेमेल छ राष्ट्र बैंकले अध्ययन गरेर चांडो सुझाब दियोस भनेर राष्ट्र बैंकका डेपुटी गभर्नरको संयोजकत्वमा समिति बनाएको छु। अलि राम्रो अध्ययन होस। 

धेरै पहिले मलाइ लाग्छ २०५५/०५६ सालतिर नेपाल राष्ट्र बैंकको विशिष्ठ श्रेणीमा हुँदा शेयर बजारमा शेरको मूल्य र ब्याजदरको को रिलेसन कस्तो हुन्छ, नेगेटिभ कोरिलेशन कस्तो हुन्छ भनेर कसैले ग्राफ खिचिदिएर तलतिर झरेको रेखा देखाइदिएको थियो। त्यो जरुरि छैन अहिले त्यो होल्ड हुनुपर्छ भनेर। लगानीकर्ताले आफ्नो लगानीलाई विविध उपकरणमा राख्न पाउनुपर्दछ।  त्यही भएर नयाँ अध्ययन गर्नुस् भनेको हुँ। 

समयक्रममा यसरि सबै उपकरणका प्रतिफल मिल्दै जान्छन्। एउटा कुनै क्षेत्रमा असिमित लाभ लिने र अर्को क्षेत्रमा नमिल्ने स्थितत खुला बजारमा हुनै सक्दैन। पानीले आफ्नो सतह आफैँ मिलाउँछ। एउटै ग्लासभित्रको पानी पनि कहीं कति टेडो भएर बसेको हुन्छ र ? ग्लास कोल्टे नहुन्जेल त्यस्तो हुँदैन। मलाई आशा छ अहिले ग्लास कोल्टे छैन। ग्लास कोल्टे भए पनि पानी त फेरी सोझै बसेको हुन्छ। यो दुईवटा ग्लासको पानीको कुरा होइन। एउटै ग्लासको हो। किनभने हाम्रो वित्तीय प्रणाली एकिकृत भइसक्यो। त्यो भनेको लेभल मिलाउने कुरा मात्रै हो। 

लेभल मिल्नका लागि एकछिन छचल्किन्छ। छचल्किँदैमा भुँइचालो नै आयो कि भनेर तर्सिन थाल्यो भने कहिँ पनि पुगिँदैन। त्यतिखेर मेरो कारणले हल्लिएको हो। म स्थिर भए भने केहि पनि हुँदैन भनेर कुरा बुझे जस्तो वित्तिय बजार पनि बेलाबेलामा यसो छचल्किन्छ तपाईहरु आत्ति हाल्नुहुन्छ।     

लगानकर्तालाई, निक्षेपकर्तालाई र ऋणीहरुलाई मेरो अनुरोध के हो भने यस्ता साना चियाको कपमा आउने तुफानले हामि बिचलित हुन थाल्यौं भने  वित्तीय स्थायित्व कसरी आउँछ? मेरो आग्रह पहिलो यो हो। 

दोस्रो बिषय, म गभर्नर हुँदा नेपाल बैंकर्स एसोसिएसनलाई कर्जाको र निक्षेपको ब्याजदर यति भन्दा नहुने भनेर भाषण र निर्णय गर्ने, औपचारीक निर्णय गर्ने, बन्धन टुट्यो भनेर घोषणा गर्ने जस्तो काम राम्रो होइन। यस्तो काम नगरिदिनु। मूल्यमा कार्टेलिङ गरेका कुरा आउँदा कहिलेकाँही प्रचलित कानुन र प्रतिस्पर्धाको सिद्धान्तलाई चुनौति दिएजस्तो हुन्छ। त्यो भनेर कोही पनि छाडा नभइदिनु होला। 

कहिलेकाहीं अस्वाभाविक रुपमा म मोटाउँछु, अग्लो हुन्छु भनेर शरीरमा कपडा कोचेर मोटो त भइँदैन नि। प्राकृतिक ग्रोथ पनि चाहिन्छ। अस्वाभाविकरुपमा मोटाउने र ठुलो हुने प्रतिस्पर्धा बैंकिङ प्रणालीका साथीहरुले नगरिदिनु होला। तपाईले अप्राकृतिक अभ्यास गर्न खोज्नु भयो भने नतिजा लघुवित्तले एउटाको ग्राहक तिनजनाले खोसे जस्तो एउटा ग्राहकलाई अर्कोले खोसे जस्तो हुन्छ। यो खोसाखोसले तपाइँलाइ कहीं पनि लग्दैन, आत्मघाती हुन्छ। 

तपाईंहरुले संयमित र सन्तुलित भएर लगानी गर्नुपर्छ। सिमित साधन स्रोत छ भने कहाँ लगाउने विचार गर्नुपर्छ। प्रतिबद्धता जनाएको सबै क्षेत्रमा लगानी गर्न पाइएन भनेर ब्याजमा प्रतिस्पर्धा गर्नुभन्दा कहाँनेर कर्जाको कुपोषण भएको छ विवेक लगाएर त्यहाँ लगानी गर्नुहोला। त्यसो भयो भने अहिले तातेको बजारलाई व्यवस्थित गर्न सहयोग पुग्छ। 

घरमा दुई पाउण्ड दूध ल्याएको छ र खानेमान्छे धेरै छ भने सबैभन्दा पहिले बालबालिका र रोगीले खान्छ। जसलाई पौष्टिकता चाहिएको छ त्यसले खान्छ। अहिले हाम्रो अर्थतन्त्रमा अलि पौष्टिकता चाहिएको साना-मझौला उद्योगजन्य क्षेत्र हुन्। त्यहाँ अलिकति क्यालोरी बढाइदिनुस्। अलि परिपक्वले एक दुई दिन सहनुपर्छ। दूध पर्याप्त भएको दिन सबैले खाउँला भनेर व्यवस्थापन गर्नुपर्ने हुन्छ। 

अर्को कुरा,

अहिले देखिएको चढाब भनेको उच्च आर्थिक वद्धिका द्योतकहरु हुन्। हामी लगातार तेस्रो वर्षमा उच्च आर्थिक वृद्धि गर्ने संघारमा छौँ। नेपालको इतिहासमा कुनै एक वर्ष उच्च आर्थिक वृद्धि भयो भने तल खसिन्थ्यो। रोटेपिङ जस्तो थियो।   

अहिले हामी निरन्तर तेस्रो वर्षमा उच्च आर्थिक वृद्धिको बाटोमा जाँदैछौँ। कृषिको उत्पादन पाँच प्रतिशत भन्दा माथि जाँदै छौँ। औद्योगिक उत्पादन १० प्रतिशत माथि जाँदै छ। सेवा क्षेत्रको उत्पदान त्यसकै वरिपरी जाँदैछ। बैंकिङ क्षेत्र नाफामा छ। उद्योगहरु पूर्ण क्षमतामा चल्दैछन्। होटलहरु बुकिङ राम्रो छ। १० लाख भन्दा धेरै पर्यटक आइरहेका छन्।    

बचत भन्दा उपभोग धेरै भएकाले भुक्तानी सनुत्लनको समस्या देखिएको हो। उपभोगलाई नियनत्रण गर्ने हो भने त्यो समस्याको पनि हल हुन्छ। बैंकहरुले उपभोगमा जाने कर्जालाई नियन्त्रण गरिदिनुपर्ने छ। त्यति गर्ने हो भने भुक्तानी सन्तुलन ठीक हुन्छ र हामीले चाहेको क्षेत्रमा कर्जा पनि जान्छ र सात प्रतिशतभन्दा धेरै आर्थिक वृद्धि पनि हासिल हुन्छ। 

(नेपाल बैंकर्स संघको ३२ औं बार्षिक साधारणसभामा अर्थमन्त्री ड़ा युबराज खतिवडाले दिएको मन्तव्यको सम्पादित अंश)


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved