नेपाल बंगलादेश बैंकका ग्राहकले ‘आइएमई पे’ मार्फत वित्तीय कारोबार गर्न सक्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 11, 2018 | 05:24:45 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र नेपाल बंगलादेश बैंक लिमिटेड Nepal Bangladesh Bank Limited बीच ‘ आइएमई पे’ मार्फत वित्तीय सेवा उपलब्ध गराउने सम्झौता भएको छ । आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल बंगलादेश बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत सुरेश देवकोटाले सम्झौतामा हस्ताक्षर गरे ।
सम्झौता अनुसार नेपाल बंगलादेश बैंक लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ । बैंकका सेवाग्राहीहरूले आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् । नेपाल बंगलादेश बैंकका  ग्राहकले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved