माछापुच्छ्रेबाट १४ जिल्लाका महिला उद्यमी तथा कृषकलाई बिनाधितो कर्जा, यूकेएड र हेफरले सघाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 11, 2018 | 05:34:09 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रामिण क्षेत्रमा रहेका महिला उद्यमी तथा कृषकहरुले बीना धितो कर्जा पाउने भएका छन। माछापुछ्रे बैंकले यूकेएड सक्षम र हेफर इन्टरनेशनल  नेपालसंग यससम्बन्धि सम्झौता गरेसंगै बिनाधितो लघुकर्जा प्रदान हुने भएको हो। 

सम्झौता अनुसार माछापुच्छ्रे बैंकले १४ जिल्लाका महिला उद्दमी, कृषक तथा साना उद्दमीले बिना धितो सरलीकृत कर्जा प्रदान प्रदान गर्नेछ। सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, यूकेएड सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहाल र हेफरको तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले हस्ताक्षर गरेका छन। 

बैंकका सीईओ शर्माले यस सहकार्यले देशभरका १४ वटा जिल्लाबाट महिला उद्दमी, कृषक तथा साना उद्दमीलाई बिना धितो सरलीकृत कर्जा प्रदान हुने बताए। शर्माले बैंकले ४,३०० कृषक एवं महिला उद्दमीलाई ऋण प्रवाह गर्ने, ३,००० को संख्यामा खाता खोल्ने, देशभरका विभिन्न क्षेत्रबाट वित्तीय साक्षरता प्रदान गर्ने, शाखारहित सेवा केन्द्रको विस्तार गर्ने तथा नेपालमै पहिलो पटक नौलो कर्जा सेवा “किसान के्रडिट कार्डर्”को सेवा प्रदान गर्ने उद्देश्य राखेको बताए। 

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु र १०५ वटा एटीएमहरु लगायत ३८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानबाट ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

यूकेएडको वित्तीय सहयोग प्राप्त एक्सेस टु फाइनान्स कार्यक्रम हो र यसलाई नेपालमा डिफिड नेपालका लागि लुइस बर्जरले विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा कार्यान्वयन गर्दै आएको छ ।

त्यस्तै हेफर ईन्टरनेशनल नेपाल साना किसानहरुको दिगो बिकासमा अग्रणी भुमिका खेल्ने अन्तराष्ट्रिय गैर सरकारी संस्थाको रुपमा परिचित छ। हालसम्म हेफरले बाख्रा तथा दुग्ध मूल्य श्रृंखलामा आधारित उद्यमहरु मार्फत नेपालका ४१ जिल्लाका

२ लाख ५० हजार भन्दा बढी गरीब तथा उत्पीडित परिवारहरुलाई सहयोग प्य्याएको छ। हाल हेफरलेविभिन्न बैंक तथा वित्तिय संस्थाहरुसंगको सहकार्यमा २२६ वटा महिला उद्यमी सहकारीहरुलाई कर्जा तथा वित्तमा पहुंच बढाउने उद्देश्यका साथ कार्यक्रमहरु संचालन गरेको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved