अनलाईन स्टोरबाट समान किन्दा जनता बैंकको भीसा कार्डमार्फत भुक्तानी गर्न सकिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2018 | 05:03:20 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक Janata Bank Nepal Limited ले ईन्टरनेट मार्फत गरिएको खरिदमा कार्ड मार्फत भूक्तानी गर्न सकिने सेवाको शुरुवात गरेको छ । जनता बैंकका कार्ड होल्डर ग्राहकले अबदेखि नेपाल र भारतका विभिन्न अनलाइन स्टोरहरुबाट समान खरिद गर्दा बैंकको कार्ड नं. उल्लेख गरेर भुक्तानी गर्न सक्ने भएका छन् ।
ग्राहकले प्रत्येक कारोबार मा छुट्टै पिननम्बर प्राप्त गर्ने छन् । यो सेवा लिनका लागि ग्राहकसँग बैंकको डेविट वा क्रेडिट कार्ड अनिवार्य हुनुपर्नेछ । यो सेवा प्रयोग गरे बापत कुनै थप शुल्क तिर्नु नपर्ने बैंकले जनाएको छ ।
बैंकले विदेशस्थित विभिन्न विश्वविद्यालयमा पढ्ने जाने विद्यार्थीले उक्त कलेजमा लाग्ने शुल्क कलेजको खातामा सोझै जम्मा गर्न सकिने व्यवस्था पनि गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved