एनएमबि बैंकमा १ हजार बचत गर्दा दश लाखको बीमा, साथमा बिनाधितो ७ प्रकारका कर्जा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2018 | 06:26:21 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक लिमिटेड NMB Bank Limited ले बिपन्न बर्गलाई लक्षित सहुलियतपूर्ण कर्जा योजना ल्याएको छ। सरकारको नीतिलाई समर्थन गर्दै बैंकले बिनाधितो बिभिन्न ७ प्रकारका कर्जा उपलब्ध गराउने जनाएको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बिनाधितो प्रदान गरिने कर्जाको ब्याजदर करिब ८ प्रतिशत हुने र यसमा कुनै पनि प्रकारका शुल्क नलाग्ने बताए।  

बिनाधितो कर्जा योजनामा एनएमबि व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा १० लाख रुपैयाँसम्म, एनएमबि शिक्षित युवा स्वरोजगार कर्जा ७ लाखसम्म, एनएमबि वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा १० लाखसम्म, एनएमबि दलित समुदाय व्यवसाय विकास कर्जा १० लाखसम्म दिने जनाएको छ।

त्यसैगरी, एनएमबि उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ७ लाखसम्म, एनएमबि भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा ३ लाखसम्म र एनएमबि १५ लाख रुपैयाँसम्म महिला उद्यमशीलता कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकका अनुसार यस्तो कर्जा बढीमा पाँच वर्षकाे लागि प्रदान गरिने छ। यद्दपी कर्जा लिन व्यवसायिक याेजना पेश गर्नुपर्छ । शैक्षिक कर्जा लिन कम्तिमा स्नातक पास गरेकाे, ४० वर्ष भन्दा कम उमेरकाे, कम्तिमा ७ दिन सम्बन्धित व्यवसाय गर्न तालिम लिएकाे हुनुपर्नेछ।

त्यस्तै, बैंकले कृषि पेशामा संलग्न महिलाहरुलाई लक्षित गरी “अग्रणी महिला कृषि कर्जा” योजना संचालनमा ल्याएको छ । जस अन्तर्गत महिला कृषकहरुले उत्पादन लागतमा आधारित रहि १५ लाख रुपैयाँ सम्मको कर्जा पाउने छन् । यस्ताे कर्जा लिन धिताे आवश्यक हुनेछ ।

हजार बचतमा १० लाखको बीमा

त्यस्तै बैंकले निक्षेपकर्ताहरुलाई एक हजार बचतमा नै दश लाखको बीमा हुने “एनएमबि सहारा बचत खाता” नामक नयाँ योजना ल्याएको छ । यस योजना अनुसार खातामा निक्षेपकर्ताले ७ प्रतिशत व्याज र १० लाख रुपैयाँ सम्मको बीमा सुविधा पाउने छन् ।

यस योजनामा विभिन्न १८ वटा गम्भिर रोगहरु, दुर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएको अवस्थामा निक्षेपकर्ताले बीमा बापत १० लाख रुपैयाँ भुक्तानी पाउनेछन। बचतकर्ताको बीमा शिखर इन्स्योरेन्समा हुनेछ।

बचतकर्तालाई गम्भिर रोगहरु लागेको रिपोर्टसहित डाक्टरले सिफारिस गरेपछि उपचार हुनु पूर्व नै बीमा दावी भुक्तानी गरिने शिखर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले बताए ।

बचतकर्तालाई व्याजले मात्र आकर्षित नगरी अतिरिक्त सुविधा दिने उदेश्यसहित यस्तो योजना ल्याएको बैंकका सीईओ सुनिल केसीले बताए । ‘थोरै रकम बचत राखेर खोल्न सकिने गरि निक्षेपकर्तालाई बैंकले यस्तो योजना ल्याएको हो' सीईओ केसीले भने। 'सहारा बचत खाता’ नाम दिइएको यस खातामा समेत निक्षेपकर्ताले व्याज पनि उच्चतम पाएको सीईओ केसीको दाबि छ। बीमा सुविधा पनि राम्रो भएकाले सर्वसाधारणलाई बचत गर्न प्रोत्साहन मिल्ने केसीको बिश्वास छ। बैंकका अनुसार यस्तो बचत खाता जाे काेहीले पनि खाेल्न सक्ने र सबै उमेरका बचतकर्तालाई बीमामा सहभागि गराइनेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved