सिभिल बैंकबाट अजोड ईन्स्योरेन्सको बीमा पोलिसी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2018 | 07:39:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक लिमिटेड Civil Bank Limited  र अजोड इन्स्योरेन्सबीच वीमा सेवा दिनेसम्बन्धमा सम्झौता भएको छ। यससम्बन्धि सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र इन्योरेंसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर क्षेत्रीले हस्ताक्षर गरे। 

सम्झौता अनुसार सिभिल बैंकका देशभरका ७१ शाखाहरु मार्फत अजोड इन्स्योरेन्सको निर्जिबन बीमा सेवा सम्बन्धि सुविधा प्राप्त हुनेछ। यस सम्झौताले बैंकका ग्राहक तथा सेवाग्राही लाभान्वित हुने बैंकका सीईओ गुरुङले बताए। 

बैंकले यसअघि जीवन वीमा कम्पनिहरु मेटलाइफ, एल.आई.सी. नेपाल, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स, यूनियन लाईफ इन्स्योरेन्स र सूर्या लाईफ इन्स्योरेन्स तथा थुप्रै निर्जीवन वीमा कम्पनिहरुसंग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved