बाणिज्य बैंकले नघटाए व्याजदर १४ प्रतिशत पुर्याउने विकास बैंकहरुको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2018 | 12:21:38 AM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतीमा साढे १३ प्रतिशत ब्याजदर दिन थालेपछि विकास बैंकहरुले पनि ब्याजदर बढाउने चेतावनी दिएका छन। बाणिज्य बैंकहरुले धमाधम ब्याज बढाएपछि निक्षेप जान थालेको भन्दै बिकास बैंकहरुको छाता संगठन 'डेभलपमेण्ट बैंकर्स एशोसिएसन' डीबिएन को बुधबारको बैठकले ब्याज बढाउने निर्णय गरेको हो। 

बाणिज्य बैंकहरुले आइतबारसम्ममा पनि ब्याजदर नघटाए ब्याजको दर बढाएर १४ प्रतिशत पुर्याउने डीबिएनले निर्णय गरेको छ। मुद्रा र सेयरबजार मा उत्पन्न समस्या र समाधानका उपाया खोज्न मंसिर २० गते गठित समितिले अर्थमन्त्रालयलाई पुष ४ गते बुझाएको ५८ बुंदे प्रतिबेदन पश्चात बाणिज्य बैंकहरुले ब्याजदर घटाउनेमा बिकास बैंकहरु आशावादी छन।

आइतबारसम्म पनि बाणिज्य बैंकहरुले ब्याजको दर नघटाए निक्षेप बचाउनका लागि पनि ब्याजदर बढाउने डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष गोविन्द ढकालले बताए। 'बाणिज्य बैंकहरु ब्याजदरमा बेमतलबी भएपछि हामि पनि अहिले कै अवस्थामा रहन सक्दैनौं' उनले बिजपाटीलाई भने। 

पुष ३ गते नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीका छाता संगठनका प्रतिनिधिलाई बोलाएर व्याजदरका विषयमा ध्यानाकर्षण भएको बताएको थियो। उक्त छलफलमा राष्ट्र बैंकले विकास बैंक तथा फाइनान्स कम्पनीहरुलाई धैर्य गर्न आग्रह गरेको थियो। सोहि अनुरुप आफूहरुले आइतबारसम्म पर्खिने बताउँदै गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढकालले वाणिज्य बैंकहरुले १३ प्रतिशतको योजना यथावत राखे आफूहरुले १४ सम्म पुर्याउने बताए। 

बिकास बैंकहरुमा लगानीयोग्य रकमको अवस्था बाणिज्य बैंकमा भन्दा सहज अवस्था रहेको बताउदै ढकालले ऋण लगानी गर्न नसकेर कसैलाई फर्काउनु नपरेको बताए। उनका अनुसार विकास बैंकहरुको औसत सिसिडी रेसियो ७८ प्रतिशतको हाराहारीमा छ। 

नबिल र हिमालयन बैंकले व्यक्तिगत मुद्दतीमा साढे १३ प्रतिशतसम्म ब्याज दिने सूचना जारि गरेपछि राष्ट्र बैंकले पुष ३ गते मंगलबार बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई डाकेर छलफल गरेको थियो। छलफलमा ब्याज किन बढाएको भनेर सोध्ने बाहेक राष्ट्र बैकबाट केहि निर्देशन आउन नसकेकाले ब्याजदर वृद्धिको अन्यौल कायमै छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved