लाभांश घोषणा नगरेका यि हुन ८ बाणिज्य बैंक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2018 | 03:38:50 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७४/७५ शुरु भएको आधा समय बितिसकेको छ । यस अवधिमा शेयरबजारमा सूचीकृत २७ वटा वाणिज्य बैंक मध्ये १९ वटाले लाभांश घोषणा गरेका छन् भने सानिमा र एनआइसि एसिया बैंकले साधारणसभा नै सम्पन्न गरिसकेका छन ।
आर्थिक वर्ष २०७३/७४ को साधारणसभा गर्न बाँकी रहेको कुमारी बैंकले लाभांश घोषणा गरेको भए पनि कुन वर्षको भनेर खुलाएको छैन  । वर्ष नखुलाई लाभांश घोषणा गरेको कुमारीलाई समेत जोड्दा चालु आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्न बाँकी बैंकको संख्या ८ वटा हुन आउँछ  । लाभांश घोषणा नगर्नेमा सरकारी स्वामित्वको कृषि तथा नेपाल, लक्ष्मी, सेन्चुरी, प्रभू, सिभिल र नेपाल क्रेडिट एण्ड कमर्श रहेका छन्  ।

सिभिल र नेपाल क्रेडिट एण्ड कमर्श बैंकले आर्थिक वर्ष २०७३/७४ साधारणसभा अझसम्म गरेका छैनन् । सिभिल बैंकले गत आर्थिक वर्ष २०७३/७४ को लाभांश नेपाल राष्ट्र बैंकबाट अनुमोदन गराएर पनि साधारणसभा गरेको छैन । नेपाल बैंक लाभांश घोषणा गर्न सक्षम देखिए पनि आर्थिक वर्ष २०७४/७५ मा संचित घाटाबाट उत्रेको हुँदा लाभांश वितरण गर्न केन्द्रीय बैंकले स्वीकृति देला कि नदेला त्यसमा भर पर्छ  । बिग्रेका (किष्ट र ग्राण्ड) बैंकलाइ सपारेको प्रभू बैंक आर्थिक वर्ष २०७३/७४ मा संचित घाटाबाट उत्रिसकेको हुँदा आर्थिक वर्ष २०७४/७५ को नाफाबाट यसपटक लाभांश वितरणको ढोका खोल्न सक्ने सम्भावना रहेको छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved