राष्ट्रिय बाणिज्य बैंकको सिस्टमले पैसा नचिन्दा बैकको ९० लाख स्वाहा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2018 | 11:58:51 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बाणिज्य बैंकले डलर खातावाहक ग्राहकको बदमासीले ८० लाख गुमाएको छ। काठमाडौंको कागेश्वरी-मनोहरा नगरपालिका-१३ का सञ्जय प्रधानले ८० लाखभन्दा बढी रकम झिकेर राष्ट्रिय वाणिज्य बैंकलाई ठगेका हुन। 

४९ बर्षिय प्रधानले बैंकको कोर बैंकिङ सिस्टमको कमजोरीको फाइदा उठाउँदै बैंकिङ प्रणालीमै पसेर रकम निकालेका हुन्। ठगीका लागि उनले जापान गइरहनुपर्ने बहानामा खोलेको अमेरिकी डलर खाताको दुरूपयोग गरेका थिए।    

बैंकको कोर बैकिङ सिस्टमलाई झुक्याएर रकम निकालेको उजुरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आइतबार पेप्सीकोलाबाट पक्रेको हो। अदालतबाट म्याद थपेर उनीविरुद्ध अनुसन्धान अघि बढाइएको ब्युरोका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

यसरी निकाले रकम

सीआईबि का अनुसार प्रधानले वाणिज्य बैंकको मुख्य शाखा कार्यालय विशालबजारमा सन २०१५ मा डलर एकाउन्ट खोलेर ई-बैंकिङ, मोबाइल बैंकिङ र ई-सेवा वालेट जस्ता इन्टरनेटबाटै कारोबार गर्न सकिने सुविधा लिए। 

त्यस क्रममा बैंकले दिएको ई-बैंकिङ सुविधा दुरूपयोग गरी उनले साधारण खाताबाट पटक पटक डलर खातामा रकम जम्मा गरे। आफ्नो सिस्टमको कमजोरीको जानकारी बैंकलाई नहुँदा उनले साधारण खाताबाट डलर खातामा रकम पठाउँदै डलरमा परिणत गरे।

बैंकिङ सिस्टमको त्रुटिको फाइदा उठाउँदै उनले पटक पटक जम्मा गरेको ७८ हजार ३ सय ८० रुपैयाँलाई डलरमा परिणत गरी झिकेका थिए। साधारण खाताबाट ट्रान्सफर गरिएको उक्त रकम डलर खातामा ७८ हजार ३ सय ८० अमेरिकी डलरमा परिणत भएको थियो।

‘बैंकिङ सिस्टमले साधारण खाताबाट डलर खातामा पठाएको रकमलाई डलरमा परिणत गरेको पाइयो, उनले त्यसैको फाइदा उठाए। त्यो रकम उनले एटीएम तथा पीओएस मेसिनबाट पटक पटक गरेर झिकेको भेटियो’, प्रवक्ता चतुर्वेदीले भने, ‘बैंकको डलर खातामा मोबाइल बैंकिङ र ई-सेवा वालेटमार्फत् १ रुपैयाँ ट्रान्सफर गर्दा १ अमेरिकी डलर जम्मा भएको पाइयो। अभियुक्तले कोर बैंकिङ सिस्टमले नेपाली र डलर छुट्याउन नसक्ने अवस्थाको फाइदा उठाएर रकम जम्मा गर्दै झिकेको पाइयो।’

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved