सानिमा बैंकका कर्मचारी सहित १० जना बिरुद्द ६० करोडको बिगो दाबि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2018 | 11:42:36 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरकानुनी तरिकाले जग्गाको हकहस्तान्तरण गरेको आरोपमा सानिमा बैंकका कर्मचारीबिरुद्द ६ करोडको बिगो दाबि गर्दै मुद्दा दायर भएको छ। नक्कली जग्गाधनीको नामबाट गैरकानूनी तरिकाबाट जग्गा बिक्री-वितरण तथा खरीद गर्ने कार्यमा प्रत्यक्ष भूमिका निर्वाह गरेको आरोपमा बैंकका कर्मचारी सहित १६ जनाबिरुद्द विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको जनाइएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह-सचिव एवं प्रवक्ता रामेश्वर दंगालका अनुसार बैंकको एकान्तकुना ललितपुर स्थित शाखा कार्यालयमा ट्रेलरको रुपमा कार्यरत सनिश सापकोटा बिरुद्द ६ करोडको बिगो दाबी गर्दै आरोप पत्र दायर गरिएको हो। 

त्यस्तै यस घटनामा संलग्न अर्थ कवच तथा बचत ऋण सहकारी संस्था सुन्धारा काठमाडौंका निर्देशक नवदुर्गा प्रसाद ढुंगेलबिरुद्द समेत ६ करोडको बिगो दाबी गरिएको छ। 

मालपोत कार्यालय चावहिलका कर्मचारीहरूको मिलेमतोमा भएको यस घटनामा सामेल भएका भनिएका १६ जना मध्ये १० जनालाई प्रति व्यक्ति ६ करोडको बिगो दाबि गरिएको छ। 

अख्तियारका अनुसार मालपोतका कर्मचारीको मिलोमतोमा चन्दनकृष्ण कायस्थको नाममा रहेको जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिकाको जग्गाको नक्कली जग्गाधनी र जग्गाधनी प्रमाणपूर्जा समेत खडा गरी गैरकानूनी तरिकाले जग्गाको हकहस्तान्तरण गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान थालिएको हो। 

अनुसन्धानको क्रममा चन्दनकृष्ण कायस्थ भन्ने राजु थापा मगरले मालपोत कार्यालय, चाबहिलका कर्मचारीहरूलाई अनुचित प्रभावमा पारी जग्गाको जग्गाधनी दर्ता श्रेस्तामा वास्तविक जग्गाधनीको फोटो उक्काई गैरकानूनी तरिकाबाट आफ्नो फोटो टाँस गरेको पाइएको छ। नक्कली प्रमाणपूर्जा, नागरिकताको प्रमाणपत्र समेत खडा गरि सोही गैरकानूनी रुपमा खडा गरिएका कागजातहरु समेतको आधारमा अधिकृत वारेसनामा मार्फत पारित राजिनामाको लिखत मार्फत नक्कली जग्गाधनीको नामबाट गैरकानूनी तरिकाबाट जग्गा बिक्री-वितरण भएको पाइएको थियो। 

वास्तविक जग्गाधनीलाई गैरकानूनी हानी पुर्याउने कार्य गरेको र आफू समेतलाई गैरकानूनी लाभ एवम् प्रत्यक्ष फाइदा पुर्याउने बदनियतले भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले यस कार्यमा संलग्नलाई सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको हो। 


  







Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved