ओखलढुङ्गाको सुनकोशी गाँउपालिकामा पहिलो पटक बैंक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2018 | 05:12:45 PM मा प्रकाशित

laxmi  sunrise bank

ओखलढुङ्गाको सुनकोशी गाँउपालिकामा पहिलो पटक बैंक पुगेको छ । उक्त गाउँपालिकाबाट माछापुछ्रे बैंक Machhapuchchhre Bank Limited ले शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको प्रदेश सभा सदस्य मोहन खड्का, सुनकोशी गाउँपालिकाका अध्यक्ष रूद्र प्रसाद अधिकारी र  बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा उद्घाटन गरे ।
गाउँमा पहिलोपटक वित्तीय संस्थाको रुपमा बैंकको शाखा सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई बैंकिङ कारोबारबारे जानकारी हुने प्रदेश सभा सदस्य र गाउँपालिका अध्यक्षको विश्वास छ । पहिलो बैंकका रुपमा सुनकोशी पुगेको माछापुछ्रेले ग्राहकलाई कर्जा, निक्षेप लगायतका सुबिधा उपलब्ध गराउने जनाएको छ ।
बैकले हाल ८९ वटा शाखा, ४६ शाखा रहित बैकिङ्ग र १०८ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved