महालक्ष्मी विकास बैंकद्धारा विभिन्न विद्यालयलाई सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2019 | 12:21:00 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले बैंकका विभिन्न शाखाहरुबाट सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गरेको छ । बैंकको भैरहवा शाखाले पौष १७ गते रुपन्देहीस्थित बहिरा माध्यमिक विद्यालयलाई २ थान कम्प्युटर, २०० वटा उनीको टोपी तथा १ थान वाटर डिस्पेन्सर सहयोग गरेको छ ।

बैंकको खुरखुरे शाखाले गत मंसिर २२ गते राप्ती नगरपालिका १०, चितवनस्थित राष्ट्रिय आधारभुत विद्यालयका कक्षा १ देखि ३ मा अध्ययनरत विद्यार्थीहरुका लागि १०५ थान उनी स्वेटर प्रदान गरेको थियो । बैंकको मंगलसेन शाखाले पुस ४ गते अछाम बहुमुखी क्याम्पस मंगलसेनमा अध्ययनरत ११ जना विद्यार्थीहरुलाई ३३ हजार छात्र वृत्ति प्रदान गरेको छ ।

बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमहरु गर्दै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved