'को बन्छ करोडपति' खेल्दा सिभिल बैंकबाट दिनकै २०७५ जित्ने अवसर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 05, 2019 | 07:11:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले 'को बन्छ करोडपति' एप मार्फत दिनकै २०७५ रुपैयाँ जित्न सकिने योजना ल्याएको छ। अन्तराष्ट्रिय फ्रेन्चाइज ‘हु वन्ट टु बी अ मिलीनियर’ को नेपाली सँस्करण ‘को बन्छ करोडपति’ कार्यक्रमको बैंकिङ पार्टनर समेत रहेको सिभिल बैंकले एपमा आफ्नो प्रयोजनको क्विज मार्फत यस्तो उपहार दिने भएको हो। 

‘सिभिल बैंक स्पोन्सर्ड क्विज’ खेल्ने प्रयोगकर्ता मध्ये एकजनाले दिनको दुइ हजार पचहत्तर रुपैँया पुरस्कार जित्ने बैंकले जनाएको छ। त्यस्तै  बैंकको प्रायोजित प्रश्नहरुमा सहभागि हुने प्रतियोगीहरुले बैंक खाता खोल्दा स्वतः १०० जम्मा हुने पनि बताइएको छ। 

केबीसी नेपाल एपबाट खाता खोल्ने प्रकृया सुरु गरेर नजिकको सिभिल बैंक साखामा गएर खातालाइ पूर्णता दिन सकिनेछ । प्रयोगकर्ताहरुले परिचय खुल्ने कागजात लिएर बैंकको साखामा गएसंगै  केबीसी नेपालको प्रयोगकर्ताले सित्तैमा १०० खातामा पाउनेछन ।  

पुरस्कारहरु जित्नकालागि प्रयोगकर्ताले ‘केबीसी नेपाल’ एप डाउनलोड गर्नुपर्ने हुन्छ। मोबाइलको एप स्टोरमा गएर केबीसी नेपाल टाइप गरेर मोवाइलमा एप डाउनलोड गर्न सकिन्छ । 

एक महिनाभित्रै सुरु हुन गएरहेको अन्तराष्ट्रिय गेम शो मोबाइल एप मार्फत पनि टिभिको जस्तै ढाँचामा खेल्न सकिने बनाइएको छ । प्रशारण हुनु अगावै नै मोबाइल एप भने सार्वजनिक भैसकेकाले एप मार्फत तयारी थाल्न सकिने भएको छ । 

मनोरञ्जन र ज्ञान एकैसाथ पाइने गरि बनाइएको मोबाइल एपमा पनि विभिन्न विधाका प्रश्नहरु भीन्न भीन्न ढाँचामा खेल्न सकिने छ । एपमा पनि  ‘फास्टेस फिंगर फस्ट’ लगायतका सबै विधाका प्रश्न समावेश छन् । प्रायोजित क्विजको पुरस्कारमा भने केही सर्तहरु लागु हुनेछन ।

'को बन्छ करोडपति’ मोबाइल एप सार्वजनिक, प्रयोगकर्तालाइ उपहारै उपहार !

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved