नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्सको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2019 | 05:44:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड पाँचौं साधारण सभा सम्पन्न गरेको छ । संचालक समितिका अध्यक्ष रविन नेपालले कम्पनीको आर्थिक वर्ष २०७४÷०७५ को वित्तीय विवरणहरु प्रस्तुत गर्दै कम्पनीको भावी कार्यक्रम तथा रणनीतिका बारेमा जानकारी गराए ।

नेप्स, १६ वटा बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित, पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सेक्यूरिटी स्ट्याण्डर्ड र PCI PIN Security  प्रमाणित कम्पनी हो । यो कम्पनी बैंक तथा वित्तीय संस्थाहरुको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै आएको छ ।

कम्पनीले आप्mना सदस्य बैंक तथा वित्तीय संस्थाहरुलाई भिसा कार्ड तथा युनियन पे कार्ड सेवाको लागि होस्टिङ्ग र स्विचिङ्गको सेवा प्रदान गर्दै आएको छ । माष्टर कार्डसँगको सहकार्यमा माष्टरकार्डका सेवाहरु पनि संचालन गर्ने कम्पनीको तयारी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved