एशियन लाईफको ‘दम्पती सुरक्षा प्लस’ बीमा योजना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2019 | 04:39:04 PM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाईफ इन्स्योरेन्स कम्पनी Asian Life Insurance Company Limited ले ‘दम्पती सुरक्षा प्लस (संयुक्त सावधिक)’ जीवन बीमा योजना ल्याएको छ । यस योजनामा एउटै बीमालेखबाट श्रीमान÷श्रीमती दुबैजनाको जोखिम बहन हुने जनाईएको छ ।

५० हजारदेखी माथि जतिसुकै रकमको बीमा गर्न सकिने यस योजनाबाट श्रीमान/श्रीमति दुबैको बीमाङ्कको साढे दुई गुणासम्म छुट्टाछुट्टै जोखिम बहन हुने छ ।

बीमा अवधि समाप्त हुने मितिसम्म दुबै बीमित जीवित रहेमा पूरै बीमाङ्क रकम र आर्जित बोनस पाइने छ । त्यस्तै बीमा अवधि भित्र दुईमध्ये एक बीमितको मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम र आर्जित बोनस दिईने कम्पनीले जनाएको छ । बीमा अवधि समाप्त हुने मितिसम्म दुईमध्ये एक बीमित मात्र जीवित रहेमा पूरै बीमाङ्क रकम फिर्ता हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved