अपि पावरको बोनस शेयर प्रस्ताव पारीत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2019 | 05:32:00 PM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावर हाईड्रो Api Power Company Limited ले ५ प्रतिशत बोनस शेयर दिने भएको छ । आ.व २०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर  दिने प्रस्ताव कम्पनीको १५ औँ वार्षिक साधारणसभाले पारीत गरेको हो ।

५ प्रतिशत बोनस शेयर निश्कासन पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब १९ करोड ७ लाख पुग्ने कम्पनीले जनाएको छ । कम्पनीले निर्माण सम्पन्न गरेको ८.५ मे.वा. क्षमताको नौगड गाढ जलविद्युत आयोजना विगत ३ वर्ष देखी नाफामा संचालन भईरहेको छ । निर्माण गरिरहेको ८ मे.वा. क्षमताको अप्पर नौगड गाढ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको पनि कम्पनीले जनाएको छ ।

साथै कम्पनीले प्रबद्र्धन तथा विकाश गरेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौताको मस्यौदामा हस्ताक्षर गरेको पनि कम्पनीले जनाएको छ । कम्पनीले विकाश गरेको १८ मे.वा. आयोजनामध्ये १४ मे.वा. क्षमताका ४ वटा सोलार आयोजनाहरुको विद्युत खरिद विक्री सम्झौता सम्पन्न गरिसकेको छ ।

कम्पनीले १ः२ बराबरको हकप्रद शेयर जारी गरी शोलार आयोजनाहरु, माथिल्लो चमेलिया जलविद्युत आयोजना तथा सिद्धकाली पावर लि.ले निर्माण गर्ने त्रिशुली गल्छी जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ । साधारणसभाले नेपाल धितोपत्र बोर्डसँग हकप्रद शेयर निश्कासनको अनुमति दिन आग्रह गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved