एनआईसी एसियाले दियो मृतक ग्राहकका परिवारलाई वीमा बापतको ५ लाख

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2019 | 07:44:27 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक लिमिटेड NIC Asia Bank Limited को बचत निक्षेप योजना “प्रिमियम समुन्नती बचत खाता” खोलेका ग्राहकका हकवालाले ५ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा प्राप्त गरेका छन। 

बैंकका ग्राहक राज कृष्ण श्रेष्ठको गत कात्तिक २० गतेका दिन दुर्घटनामा परी निधन भएकोमा सो खाता खोल्दा ५ लाख बराबरको स्वत: दुर्घटना बीमा हुने भएकाले ग्राहकका हकवाला छोरा रजत कृष्णलाई एक कार्यक्रमकाबीच क्षतिपूर्तिबापत ५ लाख हस्तान्तरण गरेको हो। 

५ लाखको चेक हस्तान्तरण गर्दै बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले बैंकको निक्षेप योजनाको क्षतिपुर्ति रकम खातावालको परिवारको चोटमा सानो भएपनि मलम लगाउन पाएकोमा आफु भावबिव्हल भएको बताए।     

बैंकले यस अवधिमा आफ्ना २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved