सिटिजन बैंकको ३ नम्बर प्रादेशिक कार्यालय आफ्नै भवनमा, सातै प्रदेशको समीकरण पुरा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2019 | 09:33:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन बैंकले प्रदेश नम्बर तीनको प्रादेशिक कार्यालय आफ्नै भवन काठमाडौंको डिल्लीबजारमा संचालनमा ल्याएको छ। एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष ड़ा शंकर प्रसाद शर्माले सो प्रादेशिक कार्यालयको उद्घाटन गरे। 

प्रदेश तीन अन्तर्गत बैंकका ३४ शाका (काठमाडौँ उपत्यका भित्र २६ र उपत्यका बाहिर ८ वटा) बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू यस प्रादेशिक कार्यालयबाट हुनेछ। 

प्रदेश ३ मा बैंकले करिब २६०,००० ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ। यस प्रदेशबाट बैंकले ५७ अर्ब निक्षेप संकलन गरि ४५ अर्ब कर्जा प्रवाह गरेको छ। 

बैंकले यसअघि प्रदेश नम्बर १ को प्रादेशिक कार्यालय बिराटनगरमा, प्रदेश २ को बिरगंजको आदर्शनगरमा, गण्डकी प्रदेशको पोखरा सिमलचौरमा, प्रदेश ५ को नेपालगंजमा, प्रदेश ६ को सुर्खेतमा र प्रदेश ७ को धनगढीमा स्थापना गरिसकेको छ। बैंकले यससंगै राष्ट्र बैंकको निर्देशन अनुसार सात वटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ।  

यसअवधिमा बैंकले आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved