एनएमबि माइक्रोफाइनान्सको लाभांश र हकप्रद पारित, चुक्तापुंजी २४ करोड नाघ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2019 | 12:03:57 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि माइक्रोफाइनान्स बित्तिय संस्था @NMB को लाभांश प्रस्ताब पारित भएको छ। लघुवित्तको पुष २९ मा सम्पन्न छैटौं बार्षिक साधारणसभाले संचालक समितिको १५ प्रतिशत बोनस प्रस्ताब पारित गरेको हो। 

त्यस्तै सभाले बोनस सेयर वितरण पश्चात कायम चुक्तापुंजीको डेढ सय प्रतिशत अर्थात १०० बराबर डेढ सय कित्ता सेयरका दरले हकप्रद बिक्रि गर्ने प्रस्ताब समेत पारित गरेको छ। 

बोनस सेयर वितरण पश्चात लघुवित्तको चुक्तापुंजी १६ करोड २० लाख पुग्नेछ। डेढ सय प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण पश्चात लहुबित्तको चुक्ता पुंजी २४ करोड ३० लाख पुग्नेछ। 

पोखरा महानगरपालिका वडा २५ हेम्जामा केन्द्रीय कार्यालय रहेको यस माइक्रोफाइनान्सले हाल देशका ५४ वटा जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु स्थापना गरी लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ । एनएमबि बैकको सहायक कंपनीका रुपमा रहेको यस वित्तीय संस्थाको हाल करीव रु २ अर्व ५१ करोड कर्जा लगानी र निक्षेप करीव रु ८५ करोड रहेको निमित प्रमुख कार्यकारी अधिकृत राम प्रसाद मिश्रले बताए ।


   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved