नेपाल इन्भेष्टमेण्ट बैंकको सात ओटै प्रदेशमा प्रादेशिक कार्यालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2019 | 04:54:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंक Nepal Investment Bank Limited ले सात वटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ ।

बैंकले प्रदेश नं.१ को प्रादेशिक कार्यालय विराटनगरमा, प्रदेश नं.२ कोे वीरगञ्जमा, प्रदेश नं.३ को नारायणचौर (नक्साल)मा प्रादेशिक कार्यालय स्थापना गरेको छ । त्यस्तै गण्डकी प्रदेशको कार्यालय पोखरामा, प्रदेश नं. ५ को भैरहवामा, कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा र प्रदेश नं.७ को धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरेको छ ।

बंैकले काठमाण्डौं उपत्यकाभित्र २३ तथा उपत्यकाबाहिर ५५ गरी जम्मा ७८ वटा शाखा सहित ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४७ वटा शाखारहित बैंकिङ सेवा तथा १०९ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved