नेपाल इन्भेष्टमेण्ट बैंक Nepal Investment Bank Limited ले लाभांश पारित गरेको छ । बैंकको ३२औँ वार्षिक साधारणसभाले २०७४/७५ को संचित मुनाफाबाट २०७५ आषाढ मसान्तसम्ममा कायम शेयर पूँजीको १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत पारित गरेको हो ।
बैंकको चुक्तापूँजी १२ अर्ब ५८ करोड छ । बैंकले ४ अर्ब ९५ करोडको सञ्चालन मुनाफा कमाएको छ । त्यसैगरी खुद नाफा ३ अर्व ६५ करोड पुगेको छ ।
बैंकले हाल काठमाण्डौं उपत्यकाभित्र २३ तथा उपत्यकाबाहिर ५५ गरी जम्मा ७८ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४७ वटा शाखारहित बैंकिङ तथा १०९ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।