भारतको एक्सिस बैंक मार्फत पठाएको पैसा सिटिजन्स बैंकबाट निकाल्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2019 | 05:13:35 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको एक्सिस बैंक मार्फत पठाएको पैसा नेपालको सिटिजन्स बैंक Citizens Bank International Limited बाट झिक्न सकिने भएको छ । दुई बैंकबीच सम्झौता भएपछि एक्सिस बैंकमार्फत पठाईएको रकम सिटिजन्सका ८१ वटा शाखाहरुबाट भुक्तानी पाउन सकिने भएको हो ।

बैंकले यस अघि कतारको दोहा बैंक, यू.के को क्यास्को फाईनान्सियल सर्भिसेस, स्मल वल्र्ड फाईनान्सीयल सर्भिसेस र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड, यू.ए.ई को अलअहलिया मनि एक्सचेन्ज ब्यूरो, अल अन्सारी एक्सचेन्ज, एक्सप्रेस मनि सर्भिसेस, अलदहाब एक्सचेन्ज र अल्फा एक्सचेन्जसंग सम्झौता गरी ती विप्रे्रषण कम्पनीहरुबाट बैंकिङ्ग प्रणालि मार्फत नेपाल आएको रकम भूक्तानी गर्दै आएको छ ।

सिटिजन्स बैंकले हाल ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved