आजदेखि बैंकिङ तथा पुँजीबजार प्रदर्शनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2019 | 08:41:39 AM मा प्रकाशित

laxmi  sunrise bank

बुटवलमा ‘बैंकिङ, बीमा, पुँजीबजार’ प्रदर्शनी हुने भएको छ । ‘वित्तीय जागरण ः राष्ट्रिय अभियान’ कार्यक्रमअन्तर्गत मिडिया इन्टरनेशनलको आयोजना तथा नेपाल राष्ट्र बैंकको प्रवद्र्धनमा बुटवलमा बैंकिङ प्रदर्शनी आयोजना हुन् लागेको हो  । 

अभियानका संयोजक माधव निर्दोषले वित्तीय जागरण ल्याउने उद्देश्यले वित्तीय जागरण ः राष्ट्रिय अभियान’ कार्यक्रम शुरु गरिएका ले कार्यक्रमअन्तर्गत बंैकिङ सूचना प्रवाह गर्न तथा आम नागरिकको बैंकिङ पहँुच बढाउन योगदान पुग्ने बताए । 

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका कार्यकारी निर्देशक प्रकाश पौडेलले बैैंकिङ एक्स्पोले नागरिकलाई बीमाको आवश्यकता र महत्व बुझाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । शुक्रबारदेखि दुई दिनसम्म बुटवलको कालिकानगरमा चल्ने प्रदर्शनीमा ४० कक्ष रहनेछन् । प्रदर्शनीमा बीमा समितिका अध्यक्ष, धितोपत्र बोर्ड, युवा स्वरोजगार कोष, विभिन्न बैंकर, विज्ञ, शेयर बजार र बीमा विज्ञ सहभागी हुनेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved