प्रभु बैंकको विशेष खाता, १३ हजार बचतमा १ लाख फीर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2019 | 05:04:55 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नं. २ स्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र प्रभु बैंकबीच मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानमा साझेदारी हुने भएको छ । अभियान अन्तर्गत छोरी शिक्षा बीमा/मुद्दती बचत कार्यक्रम कार्यान्वयन गर्न प्रभु बैंकले सहयोग गर्ने भएको छ । प्रदेश सरकार र बैंकबीच भएको सम्झौतामा सरकारका तर्फबाट मन्त्रीपरिषदको कार्यालयका सचिव हरिप्रसाद फुयाल र बैंकको तर्पmबाट सहायक महाप्रबन्धक अशोक खडगीले हस्ताक्षर गरे ।

सम्झौता अनुसार पहिलो चरणमा प्रदेश नं. २ अन्तर्गतका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीमा अभियान सञ्चालनमा आएको छ । कार्यक्रम अन्य जिल्लाहरुमा समेत विस्तार हुनेछ ।

माघ १ गते पछि माथि नाम उल्लेअ भएका ८ जिल्लामा जन्मिएका छोरीहरुको नाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सिफारिसमा प्रभु बैंकले २० वर्षको लागि मुद्दती खाता खोलि दिनेछ । मन्त्रालयले प्रदान गर्ने १३ हजार ६ सय ४६ रुपैयाँ र १५ पैसामा खोलिएको मुद्दती खाता २० वर्ष पछि सम्बन्धित छोरीको अभिभावकले एकमुष्ठ १ लाख रुपैयाँ पाउने व्यवस्था रहेको छ । खाता खोलिएको छोरीको मृत्यू भएमा वा कडा रोग लागेको प्रमाणित भएमा वा अभिभावकको मृत्यु भएमा मन्त्रालयको सिफारिसको आधारमा खातामा जम्मा भएको रकमको साँवा र व्याज प्राप्त गर्न सकिने व्यवस्था समेत रहेको जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved