मेगा बैंक Mega Bank Nepal Limited ले धादिङको ज्वालामुखी गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । यो गाउँपालिकामा पहिलोपटक वाणिज्य बैंकको शाखा पुगेको हो । उक्त शाखाको गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमिल्सिनाले उद्घाटन गरे । पहिलोपटक क वर्गाको बैंक पुगेपछि उक्त शाखामा १५ सयले खाता खालेका छन् ।
बैंकले हाल १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएम सञ्जाल, ११९ वटा शाखा रहित केन्द्र मार्फत सेवा प्रदान गदैए आएको छ ।