देशभर फैलिदै मेगा बैंक, एकैदिन १८ शाखा बिस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2019 | 07:58:41 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैकले एकै दिन १८ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ। बैंकले ४ वटा नगरपालिका र १४ वटा गाउँपालिकामा विस्तारित १८ वटा नयाँ शाखा एकैदिन संचालनमा ल्याएको हो। 

नगरपालिकाहरुमा तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र स्याङ्जाको भीरकोटमा मेगा बैंकको नयाँ शाखाले आइतबारबाट औपचारिक कारोबार शुभारम्भ गरेका छन।  

मेयर उदयराज गौलीले भानु शाखा, मेयर चित्रबहादुर कार्कीले सैनामैना शाखा, मेयर मुनी साहले लहान शाखा र मेयर छायाँराम खनालले भीरकोट शाखाको उद्घाटन गरे। 

यसैगरी, शाखा विस्तार भएका १४ वटा गाउँपालिकामा धादिङको त्रिपुरासुन्दरी, गोरखाको भीमसेन, सिन्धुपाल्चोकको हेलम्बु, इन्द्रावती र पाँचपोखरी, सर्लाहीको रामनगर, सिराहाको विष्णुपुर, धनुषाको लक्ष्मीनियाँ, पाँचथरको कुमायक, इलामको रोङ, ओखलढुंगाको खिजिदेम्बा, उदयपुरको रौतामाई, बर्दियाको गेरुवा, प्युठानको ऐरावती रहेका छन् । 

गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले त्रिपुरासुन्दुरी शाखा, गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले भीमसेन शाखा, गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बु शाखा, गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले इन्द्रावती शाखा, गाउँपालिकाका अध्यक्ष टासी लामा ह्याल्मोले पाँचपोखरी शाखाको उद्घाट्न गरे । 

यस्तै, गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माले रामनगर शाखा, गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले विष्णुपुर शाखा,  गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादवले मेगा बैंकको लक्ष्मीनियाँ शाखा, गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले कुम्मायक शाखा, गाउँपालिकाका अध्यक्ष शम्शेर राईले रोङ शाखा, गाउँपालिकाका अध्यक्ष बेदबहादुर रोकाले खिजिदेम्बा शाखा, गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले रौतामाई शाखा,  गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले गेरुवा शाखा र गाउँपालिकाका अध्यक्ष नबिलबिक्रम शाहले मेगा बैंकको ऐरावती शाखाको उद्घाटन गरे।  यसअघि गत बिहीबार धादिङको ज्वालामुखी गाउँपालिकामा मेगा बैंकको नयाँ शाखा उद्घाटन गरिएको थियो।

यससंगै मेगा बैंकको देशभर शाखा संख्या १०२ पुगेको छ। बैंकले १०२ शाखा सहित १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएमको सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २३ सय भन्दा बढी मेगा रेमिट एजेण्ट मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।  

ग्रामीण भेगका जनतालाई बैंकिङ सेवा पुर्याउने नेपाल सरकारको योजना अनुरुप हामीले दुरदराजमा हाम्रा सेवाहरुलाई विस्तार गरिरहेको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन।  वित्तीय पहुँच र समावेशिताको माध्यमबाट नेपालीहरुको जीवनस्तर उकास्न मेगा बैंक सदैव कटिबद्ध रहेको उनले बताइन। नयाँ शाखा विस्तारसँगै गुणस्तरीय बैंकिङ सेवालाई पनि प्राथमिकतामा राखेको उनले बताइन। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved