सिभिल बैंकमा खाता खोल्दा ७ लाखसम्मको निशुल्क बिमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2019 | 10:59:25 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited ले आकर्षक योजना सहितको “सम्मान बचत खाता” ल्याएको छ । बैंकले यस बचत खातामा ७ लाखसम्मको दूर्घटना मृत्यू÷अपांग बीमा तथा अस्पताल भर्ना भई लागेको रु १ लाख सम्मको औषधोपचार खर्चको बीमा पनि निःशुल्क रुपमै उपलब्ध गराउने जनाएको छ । यी सुविधाहरु प्राप्त गर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेको बैंकले जनाएको छ ।

न्यूनतम मौज्दात शुन्य रहेको यस बचत  खातामा ग्राहकहरुका लागि निःशुल्क चेक बुक, एटीएम कार्ड, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ, रेमिटेन्स सुविधा, ओभरड्राफ्ट कार्ड तथा निशुल्क एबिबिएस सेवा उपलब्ध हुने छ । 

हालसालै जारी गरीएको श्रम ऐन अनुसार प्रत्येक संघ–संस्थाले आफ्नो श्रमिक÷कर्मचारीहरुलाई ७ लाखसम्मको दूर्घटना मृत्यू÷अपांग बीमा तथा औषधोपचार खर्चको लागी १ लाख सम्मको बीमा गराउनुपर्ने नियम रहेकोमा बैंकले नै आफ्नै खर्चमा बीमा गराइदिने लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताउए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved