प्राइम बैंक पनि अर्ब क्लबमा सामेल, इपिएस २६ रुपैयाँ हुँदा लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2019 | 09:54:37 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंक Prime Commercial Bank Limited  चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा एक अर्ब खुद मुनाफा गर्ने १४ औं बाणिज्य बैंक बनेको छ। बैंकले यस अवधिमा १ अर्ब ६ लाख खुद मुनाफा आर्जन गर्दै अर्ब क्लबमा प्रवेश गरेको हो। 

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा गत आर्थिक बर्षको तुलनामा करिब ३४ प्रतिशतले बढेको छ। गत आर्थिक बर्षको यसअवधिमा बैंकको खुद मुनाफा ७९ करोड २२ लाख थियो। त्यस्तै नेपाल फाइनान्सिङ रिर्पो्टिङ्ग स्टाण्डर्ड (एनएफआरएस) अनुसार बैंकको वितरणयोग्य खुद मुनाफा ९३ करोड ४२ लाख छ।   

यसअवधिमा बैंकको निक्षेप संकलन ७।९७ प्रतिशतले बढेर ७६ अर्ब ७२ करोड पुगेको छ भने कर्जा प्रवाह १५।२० प्रतिशतले बढेर ७२ अर्ब ६० करोड पुगेको छ। बैंकको खुद ब्याज आम्दानी १ अर्ब १६ करोडबाट बढेर १ अर्ब ७७ करोड पुगेको छ। 

यसअवधिमा बैंकको चुक्तापुंजी ८ अर्ब ३३ करोड छ भने जगेडा कोष रकम ४ अर्ब २२ करोड पुगेको छ। त्यस्तै बैंकको खराब कर्जा अनुपात १,४३ प्रतिशतबाट बढेर १।५८ प्रतिशत पुगेको छ। बैंकको कर्जा निक्षेप अनुपात ७८।७५ प्रतिशत छ भने ब्याजको आधार दर १०।७६ प्रतिशतबाट घटेर १०।१७ प्रतिशत पुगेको छ।  

यसअवधिमा बैंकको प्रति सेयर आम्दानी २६ रुपैयाँ ४१ पैसा, प्रति सेयर नेटवर्थ १५२ रुपैयाँ ५५ पैसा र मुल्य आम्दानीको अनुपात १२ दशमलब ४२ गुणा रहेको छ। प्राइम बैंकले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस सेयर घोषणा गरेको छ। उसले साधारणसभा हुन अझैं बाँकी छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved