एनएमबी बैंक बेलायतबाट डेढ अर्ब ऋण ल्याउन सफल, तरलता समाधानमा सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2019 | 06:21:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले विदेशी संस्था सिडिसि ग्रुपबाट अमेरीकी डलर १ करोड ५० लाखको कर्जा लिने भएको छ । बैंकले सिडिसी ग्रुपसँग ऋण लिनबारे फागुन १ गते सम्झौता गरेको हो 

सिडिसिले स्थलगत भ्रमण मार्फत बैंककोे योजना, क्षमताको समिक्षा लगायतका विष्तृत अध्ययन गरी लगानीका लागि प्रतिवद्वता गरेको बैंकले जनाएको छ। यस लगानीले तरलता समस्या समाधानका लागि सहयोग पुग्नुका साथै पूर्वाधार विकास, कृषि, साना तथा मझौला, लघु कर्जा र विदेशी मुद्रा आर्जन हुने पर्यटन तथा हाइड्रोपावर क्षेत्रमा लगानी गरी दिगो विकासमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

सिडिसि ग्रुप बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको वित्तीय संस्था हो । यो संस्थाले सव– साहारा अफ्रिका तथा दक्षिण एसियाका देशहरुमा रोजगार श्रृजना गरी आर्थिक विकास गर्ने उद्देश्यले लगानी गर्दै आएको छ ।

एनएमबि बैंकले सिडिसि ग्रुप सहित तीन वटा संस्थाहरुबाट यस प्रकारको कर्जा लागानी भित्र्याइसकेको छ। यस्तो कर्जा लगानी भित्र्याउने एनएमबि बैंक नेपालको पहिलो बैंक बनेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved