गरिमा विकास बैंकका ग्राहकलाई सनराइज बैंकमा बिशेष सुबिधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2019 | 08:13:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक तथा गरिमा विकास बैंक बिच व्यापार साझेदारी सम्झौता भएको छ । सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा गरिमा बिकास बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका हुन  । 

सम्झौता पश्चात् सनराइज बैंकका सबै शाखाहरु मार्फत गरिमा विकास बैंकका ग्राहकहरुले राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरका प्रतितपत्र, टि.टी., ड्याप÷डिएए तथा क्रेडिट कार्ड लगायत अन्य विदेशी विनिमयसँग सम्बन्धित सुविधाहरु प्राप्त गर्ने सक्नेछन् । यसबाट गरिमा विकास बैंकका ग्राहकहरुले  बैंकिंग सम्बन्धी सम्पूर्ण आवश्यकताहरु सहजरुपमा पुरा हुने विश्वास बैंकले लिएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved