नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले स्थापनाको दशौं वार्षिकोत्सवको अवसरमा ‘एनबिआई’ नामक मोबाइल एपको सुरुवात गरेको छ । एपमा नेपालकै पहिलो बित्तीय साक्षरता सम्बन्धी जानकारीमूलक सामग्री समावेश गरिएको जनाईएको छ ।
एपको समावेश वित्तीय साक्षरता सम्बन्धी भागमा वित्तीय साक्षरताको ज्ञान दिलाउने ई–किताव, सो किताव अध्ययन पश्चात परिक्षाको अवसर, बिभिन्न सफलताका कथाहरु लगायत वित्तीय साक्षरता सम्बन्धी गित समावेश गरिएको छ । नेपालका ग्रामिण क्षेत्रका बासिन्दाहरलाई वित्तीय ज्ञान अभिबृद्धि गरी समस्त आर्थिक कारोबारलाई बैंक तथा वित्तीय संस्था मार्फत गराउन अभिप्रेरित गर्न वित्तीय साक्षरता सम्बन्धी मोवाईल एपको निर्माण गरिएको जनाईएको छ ।
यो एप एन्ड्रोइड भर्जनको गुगल प्ले स्टोरबाट निशुल्क डाउनलोड गरी अफलाईन मोडमा पनि चलाउन सकिनेछ ।