माछापुच्छ्रेका ग्राहकलाई चिरायु हस्पिटलमा १५ प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2019 | 05:10:55 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited का ग्राहकलाई चिरायू नेशनल अस्पतालमा छुट हुने भएको छ । बैंक र अस्पतालबीच सम्झौता भएपछि बैंकका ग्राहकले चिरायू अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका हुन् । सम्झौतामा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला र अस्पतालको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्यले हस्ताक्षर गरे ।

सम्झौता अनुसार अब ग्राहकले चिरायू अस्पतालका सेवाहरुमा १५ प्रतिशत सम्मको छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

बैंकले हाल ९३ वटा शाखाहरु लगायत ६२ शाखा रहित बैकिङ्ग सेवा र  ११५ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved