बिजपाटी सम्बाददाता     Feb 20, 2019 | 05:36:15 PM


tansen

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले आफ्ना निक्षेप कर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने उदेश्यले महालक्ष्मी इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।

सम्झौतामा बैँकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे । सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकका शाखाबाटै उक्त लाईफ इन्स्योरेन्सको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सुविधा प्राप्त गर्ने भएका छन् ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7