नेपाल बङ्गलादेश बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2019 | 06:17:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बङ्गलादेश बैंक Nepal Bangladesh Bank Limited ले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले एक हजार अंकित दरका २० लाख कित्ताले हुन आउने रु. २ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने भएको हो  ।

“एनबिबि डिबेञ्चर २०८५÷८६” नाम दिइएको उक्त ऋणपत्र निष्काशन गर्न बैंकले नबिल ईन्भेष्टमेन्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियूक्त गरेको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगान र नबिल ईन्भेष्टमेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

 २ अर्ब ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् रु. १ अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट (private  placement) र ४० प्रतिशत अर्थात रु. ८० करोड बराबको ऋणपत्र सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात् निष्काशन तथा बिक्री खुला गरिने बैंकले जनाएको छ । प्रस्तावित ऋणपत्र १०.२५ प्रतिशत वार्षिक व्याज दरले अर्धवार्षिक रुपमा भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन हुन लागेको हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved