माफियाका अनलाइनले राजिनामाको हल्ला चलाए

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Feb 25, 2019 | 11:57:17 AM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक संजाल तथा संचार माध्यममा मन्त्री फेरबदलको व्यापक चर्चा चलेको छ। त्यसमा पनि पछिल्लो समय अर्थमन्त्री डाक्टर युबराज खतिवडाको राजिनामाको बिषय बजारमा हटकेक नै बनेको छ। 

अर्थमन्त्री खतिवडा लगानी सम्मेलनलाई सम्बोधन गर्न बेलायत ब्यस्त रहंदा नेपालमा भने उनको राजिनामाको बिषयले सामाजिक संजाल तातेको छ। त्यसमा पनि अर्थतन्त्र तथा सेयरबजारसंग सरोकार राख्ने व्यक्ति तथा संस्थाहरुको सर्कलमा खतिवडाको राजिनामाको चर्चा ब्यापक छ। 

केहि मिडियाले राजिनामा दिने मनसायले आइतबार (फागुन १२) गते दिउसो प्रधानमन्त्रीलाई अर्थमन्त्री खतिवडाले भेटेको समेत लेख्न भ्याए। यद्दपी अर्थमन्त्री खतिवडा आइतबार साँझमात्र बेलायतबाट नेपाल फर्किएका हुन। 

अर्थमन्त्री खतिवडाले राजिनामा दिन लागेको चर्चाबारे मन्त्रीका सल्लाहकार डाक्टर राम शरण खरेललाई बिजपाटी डटकमले सोधेको प्रश्नमा  समाचारमा कुनै सत्यता नभएको जवाफ दिएका छन। 'केहि न केहिका नामै नसुनेका अनलाइनले राजिनामाबारे समाचार प्रकाशन गरेका छन् , यसमा कुनै सत्यता छैन' उनले बिजपाटीलाई भने। त्यस्तो त यसरि हल्ला फिजाउने अनलाइनलाई फेक न्युज अन्तर्गत संचार तथा सूचना प्रविधि मन्त्रालय मार्फत कारबाही गर्नु पर्ने समेत उनले बताए।         

त्यस्तै मन्त्री खतिवडाका स्वकिय सचिव तुलसी मैनालीले पनि राजिनामा दिन लागेको वा दिएको भन्ने समाचार निराधार भएको बताएका छन्  । मन्त्री खतिवडा लण्डन भ्रमणबाट आइतबार बेलुका ९ बजे आईपुगेको र त्यसपछि प्रधानमन्त्रीसंग भेट नै नभएकोले राजिनामा दिएको समाचार भ्रामक भएको उनले बताए। 

मन्त्री बनेदेखि नै हटाउनको लागि केहि समुह लागेको र अहिले पनि माफियाको समुहहरुले यस्तो हल्ला फैलाएको उनको दाबि छ। 'पहिला प्रधानमन्त्रीले हटाउने भनेर समाचार लेखे, त्यसो नभएपछि आफैले राजिनामा दिने भनेर लेखे र अहिले नेपालमा नभएकै बेलामा प्रधानमन्त्रीलाई भेटेर राजिनामा बुझाएको भनेर लेखेका छन' उनले भने। उनले अहिलेसम्म राजिनामाको प्रसङ्ग नै नउठेको समेत दाबि गरे।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved