सनराइज बैंकको भिजा कार्ड प्रयोगमा नगद फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2019 | 01:22:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले भिसा डेबिट तथा क्रेडिट कार्डको कारोबारमा नगद फिर्ता योजना ल्याएको छ। भिसा कार्डसंगको सहकार्यमा बैंकले ल्याएको यस योजनामा ग्राहकले ५०० देखि १००० रुपैयाँसम्म नगद फिर्ता पाउनेछन। 

यस योजनाअन्तर्गत बैंकको कुनै पनि ग्राहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि पीओएस मेसिन वा अनलाइन मार्फत कारोबार गरेका एक हजारसम्म नगद बैंकले ग्राहकको खातामा जम्मा गरिदिनेछ। 

बैंककाअनुसार पीओंएस वा अनलाइन मार्फत बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि ५००० देखि १० हजारसम्मको कारोबार गर्नेले पांचसय, १५ हजारसम्म कारोबार गर्नेले ७५० र १५००० भन्दा माथिको कारोबार गर्नेले १००० सम्म नगद फिर्ता पाउनेछ।  योजनाले बैंकका डेबिट तथा क्रेडिटकार्ड ग्राहक लाभान्वित हुने बैंकले बिश्वास लिएको छ।    

बैंकले हाल देशभर रहेका आफ्ना १०३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ३ वटा एक्सटेन्सन काउण्टर, ११७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved