इन्फ्रास्ट्रक्चर बैंक संचालनमा, सर्वसाधारणलाई ८ अर्बको आईपिओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2019 | 04:48:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कारोबार शुभारम्भ गरेको छ। बैंकको बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले वुधबार उद्घाटन गरेका हुन्। बैंक उद्घाटन गर्दै मन्त्री खतिवडाले पूर्वाधार क्षेत्रमा लगानी गर्ने उदेश्यसहित बैंक स्थापना भएको बताए ।  मुलुकको आवश्यकता अनुसार लगानी गर्ने बैंक बल्ल खुलेको जनाउदै पर्यटन, जलविद्युत, शहरी पुर्वाधार लगायतका दीर्घकालीन प्रकृतिका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए।

उनले पूर्वाधार विकास बैंकलाई निक्षेपमा प्रतिस्पर्धा नगर्न आग्रह गर्दै दीर्घकालिन प्रकृतिका उपकरणहरु प्रयोग गर्न सुझाब दिए । अरु बैंकजस्तो साना निक्षेपमा प्रतिस्पर्धा गर्न थाले यो बैंकको कुनै अर्थ नहुने समेत बताए।  

बैंकको अध्यक्षमा अनुज अग्रवाल रहेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली र डेपुटी प्रमुख कार्यकारीमा भुपेन्द्र पाण्डे रहेका छन्।

बैंकमा नेपाल सरकार लगायत देशका  विभिन्न वाणिज्य बैकहरु, बिमा कम्पनीहरु तथा निजी क्षेत्रको लगानी रहेको छ ।  बैंकमा नेपाल सरकारको तर्फबाट १० प्रतिशत, संस्थागत लगानीकर्ताको तर्फबाट ५० प्रतिशत र सर्वसाधारण जनताको तर्फबाट ४० प्रतिशत शेयर रहेको छ ।  जस अनुसार संस्थापक लगानीकर्ताको तर्फबाट १२ अर्ब र सर्वसाधारण समुहको तर्फबाट ८ अर्ब रुपैयाँ शेयर पुँजी रहने छ । अर्थात् बैंकले सर्वसाधारणको लागि ८ अर्बको आईपिओ निष्काशन गर्ने छ । बैंकको जारी पुँजी २० अर्ब रुपैयाँ रहेको छ ।

बैंकको मुख्य उद्देख्य पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह तथा शेयरमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजनाहरु निर्माण तथा सञ्चालनको लागी आवश्यक मेसिन, उपकरण तथा औजारको खरिद, विक्री वा आपूर्ति वा जडान सम्बन्धी कारोबारको लागि प्रतितपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्ने,  राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक पुँजी रकम जुटाउनको लागि विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद«ामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने तथा लिजीङ्ग कारोवार गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिवेन्चर जारी गरी श्रोत परिचालन गर्ने, विदेशी बैंक तथा वित्तीय संस्थाको जमानत स्वीकार गरी परियोजनामा कर्जा तथा सुविधा प्रदान गर्ने रहेको छ । 

बैंकको स्थापना पश्चात नेपालको ठूला ठूला परियोजनामा लगानी गर्नका लागि पुँजी परिचालन हुने, नेपाल सरकार लगायत स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको लागि परियोजना तर्जुमा, मूल्याङ्कन तथा जोखिम व्यवस्थापन सम्बन्धमा  सर–सल्लाह प्रदान गर्ने, स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको लागि पुँजी परिचालन गर्न आवश्यक प्रवेशद्धारको रुपमा काम गर्ने र सरकारी तथा निजी क्षेत्रलाई पूर्वाधार क्षेत्रमा लगानी गर्न उत्साहित गरी देशको आर्थिक विकासमा टेवा पु¥याउने लक्ष्य बैंकले लिएको छ । 


'बैंकर र व्यवसायीको झगडा पटक्कै मनपरेको छैन, मिल्नुहोस नत्र हस्तक्षेप हुन्छ'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved