राजेन्द्र खेतानका कारण मर्जर भाँडिएको एभरेष्ट बैंकका अध्यक्षको आरोप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 08, 2019 | 04:10:13 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले लक्ष्मी बैंकका मूख्य प्रवर्धक राजेन्द्र खेतानका कारण मर्जर भाँडिएको आरोप लगाएका छन। साझेदार पन्जाब नेशनल बैंकको प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुनिल मेहताको औपचारिक भ्रमणको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले खेतानको मोलमलाईले मर्जर भाँडिएको बताएका छन। 

मर्जरको बिषयलाई लिएर खेतानले नै आफुलाई भेट्न आएको सुनाउदै अध्यक्ष श्रेष्ठले भने, पहिलो भेटमै मैले बैंक र बैंकबीच तुलना गर्नुयोग्य हुनुपर्छ, दुवै बैंक भएपनि आ आफ्नो लेभल छ, पहेलो देखिएपनि सुन सुनबीच पनि फरक हुन्छ, डीडीए रिपोर्ट मान्न तयार हुनुहुन्छ भनेर मैले सोधे, उनले (खेतान) पनि हुन्छ भने। 

श्रेष्ठले थपे, 'हामि र लक्ष्मीबैंकबीचको सहमति पछि भारतको अर्न्स्ट एण्ड योंग कम्पनीलाई डीडीएलाई पठायौं, उताबाट लक्ष्मी बैंकको २.७५ कित्ता बराबर एभरेष्टको एक कित्ता अर्थात २।७५ :१ को दरले स्वाप हुने जवाफ आयो। मैले छलफल ड़ाके, तर छलफलमा खेतान आफु नआई बैंकका सीईओ र अर्का दुई अफिसर पठाए, एभरेष्टबाट म र हाम्रो सीईओ गयौं, लक्ष्मीको टिमबाट लक्ष्मीको २ बराबर एभरेष्टको १ सेयर हुने प्रस्ताब आयो। 

श्रेष्ठले भने, 'मैले मोलमलाई हुदैन, यो कुनै बस्तुको समान खरिद बिक्रि हुदै छैन, बैंकबीचको मर्जरको कुरा हो, मोलमलाईको कुरा बोर्डले मान्दैन, रिपोर्टको कुरा बोर्डले सुन्छ भन्ने जवाफ दिए, खेतान बोलेको कुरा पुरा नगर्ने मान्छे रहेछन, पहिले रिपोर्टको कुरा मान्छु भन्ने पछि बार्गेनिङ गरे, बार्गेनिङ गर्नु हुदैन भनेपछि मर्जरको कुरा त्यत्तिकै सेलायो।' अध्यक्ष श्रेष्ठले लक्ष्मीसंगको मर्जर नभएपनि एभरेष्टले अन्य संस्थाहरुसंगको बिकल्प सधैं खुला राखेको जानकारी दिए। 

केहि महिनाअघिसम्म लक्ष्मी र एभरेष्टबीचको मर्जरको बिषय सेयरबजार तथा वित्तीय क्षेत्रमा चर्चाको बिषय नै बनेको थियो। त्यसो त बिभिन्न समय र कालखण्डमा मर्जरको बिषय निकालेर एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठले अनुचित लाभ उठाएको आरोप लाग्दै आएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved