मेगा बैंकका ग्राहकहरुलाई ह्याम्स अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2019 | 04:26:27 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकका ग्राहकहरुलाई काठमाडौंको मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा छुट हुने भएको छ । बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र अस्पतालका अध्यक्ष आर एस भण्डारीबीच बैंकका ग्राहकलाई छुट दिने सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ह्याम्स अस्पतालमा कुल बिलको १० प्रतिशतसम्म र औषधी खरिद गर्दा ५ प्रतिशतसम्म छुट पाउने छन् ।
 
ह्याम्ससँगै मेगा बैंकका ग्राहकहरुलाई काठमाडौँको नर्भिक, ग्राण्डी, स्टार अस्पताल, गोल्डेन, ग्रीनसिटी, उच्चता, बयोदा, चिरायु लगायतका अस्पतालमा छुटका लागि यसअघि नै सम्झौता भइसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved