सानिमा बैंकको डिबेन्चर नेप्सेमा सुचिकृत, साढे १० प्रतिशत ब्याज, १० बर्षमा सावाँ फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2019 | 09:05:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक लिमिटेड Sanima Bank Limited  को 'सानिमा डिबेन्चर' नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको छ। बैंकले '१० प्रतिशत सानिमा डिबेन्चर २०८५' अन्तर्गतको १३ लाख ५४ हजार ७१२ स्थान नेप्सेमा सुचिकृत गरेको जनाएको छ। 

सुचिकृत सम्बन्धी सम्झौतापत्रमा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले हस्ताक्षर गरे। 

उक्त ऋणपत्रको बार्षिक १०.५ प्रतिशत ब्याजदर रहेको छ। १० बर्षमा सावाँ फिर्ता हुनेगरि सानिमा बैंकले ल्याएको यस डिबेन्चरको बिक्रि प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड थियो। 

बैंकले हाल ७८ वटा शाखा, १ एक्स्टेन्सन काउन्टर तथा ७२ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ।     






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved