माछापुछ्रे बैंक Machhapuchchhre Bank Limited ले नवलपुरको कावासोती र चितवनको रत्ननगरस्थित टाँडीमा शाखा सञ्चालनमा ल्याएको छ । कावासोती शाखाको उद्घाटन कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनिया र टाँडी शाखाको रत्ननगर नगरपालिकाका मेयर नारायण बनले उद्घाटन गरे ।
नयाँ शाखामा बैंकले २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरेको छ । बैकले हाल ९६ वटा शाखा, ६३ शाखा रहित बैकिङ्ग सेवा र ११९ वटा एटीएम मार्फत सेवा दिँदै आएको छ ।