मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited बाट लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएपछि लुम्बिनी इन्स्योरेन्सका निर्जीवन बीमा योजना बैंकका सबै शाखाबाट प्राप्त हुने भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नोर प्रकाश प्रधानले हस्ताक्षर गरे ।